इजरायलमा मारिएका १० नेपाली मध्ये ४ जनाको शव आइतवार नेपाल आउने भएको छ । तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको आइतवार नेपाल आइपुग्ने जनाएको हो ।
भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ । फ्लाइट डिटेलअनुसार पर्सि बिहान काठमाडौं आइपुग्नेछ ।
सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले बताएको छ ।