काठमाडौँ । आज देशको पहाडी भू-भागमा आँशिक वदली रहे पनि बाँकी भू-भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले बताए । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक÷दुई स्थानमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना छ ।
उनका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।