काठमाडौं । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ ।
मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार एक जना घाइते भएका छन् ।
थप विवरण आउन बाँकी रहेको छ ।