काठमाडौं । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको छ ।
आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन् । अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ वर्ष की चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्।
यसैगरी ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ ।