काठमाडाैँ । त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा आज नेपाल र यूएई बीच खेल हुँदै छ ।
खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगिताका यसअघिका तीनवटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ ।
आज को खेलमा यूएई नेपाललाई हराउँदै फाइनल पुग्ने दाउमा छ । आज विजयी भए यूएई फाइनल पुग्नेछ ।