काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई खेलमा देव खनालले शतक बनाएका छन् ।
मलेसियाको बायोमासमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
नेपालका कप्तान देव खनालले शतक प्रहार गरेका छन् । उनले ९० बलमा तीन छक्का र नौ चौकासहित शतक बनाए ।