
काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको लगाएको केहीबेरमै मृत्यु भएको छ ।अस्पताल उपचार गराउन गएका दुई जना विरामी लाई त्यहा कार्यरत नर्सले सुई मार्फत औषधि दिएका थिए ।
तर, नर्सले सुई लगाएको केही मिनेटमै दुबैको मृत्यु भयो । मृत्यु हुनेमा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी रहेका छ्न । अस्पतालका मेडिसिन विभागका प्रमुख डा। युवराज शर्माका अनुसार राई र नगरकोटीलाई सेफि्ट्रयाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको थियो ।

डा। शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन ।