काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा विद्यार्थीलाई अनावश्यक ड्रेस किन्न बाध्य पार्ने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ । महानगरले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।
विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।