२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । कोरिया भाषा परीक्षाको तयारीका लागि काठमाडौं आएका दैलेखका २३ वर्षीय सुजन राउत आज आफ्नो सपना पूरा हुन नपाउदै अस्ताएका छन् । गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो । बाबुको मृत्यु पछी सुजनको एक भाइ रहेकोले उनलाई अझ जिम्मेवारी बनाएको थियो । उक्त जिम्मेवारी बोध गर्दै उनी बिदेश जान खोजेका थिए ।

घटना कसरी भयो ?

Vivo Y28
Daraz

बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुको भिडमा थिए सुजन । प्रदर्शनका क्रममा मन्त्रीको सवार हुँदै थियो । त्यही क्रममा युवाहरुले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगनजी गरे । आगजनी भए पछी स्थिति थप तनावग्रस्त बन्यो । झडपका क्रममा सुजन गम्भीर घाइते भएका थिए ।

प्रहरीको निर्घात कुटपिटमा ऊनी घाइते भए पछी तत्काल अस्पताल लगियो । किस्ट अस्पताल लगिएको केहि बेरमै मृत घोषणा गरिएको थियो । मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छातिमा निल डाम देखिएको छ । सुजनको मृत्यु पछी उनको गाउँ अहिले शोकमा डुबेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।