काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ ।
आज छापावाल सुनको मुल्य तोलामा २ हजारले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।