काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ ।
आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।