२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र इरानको पूर्वी अजरबैजानका नेता आयोतुल्लाह अल हाशेमको पनि निधन भएको छ । हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।

Vivo Y28
Daraz

उद्धार टिमले हेलिकप्टरको पहाडमा ठोक्किएर खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो ।

क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।

उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।