२०८१ कार्तिक ७ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएका समस्याप्रति तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार प्रेस विज्ञाप्ती जारी गर्दै अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

Vivo Y28
Daraz

सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

यस्तै, प्रभावित जिल्लाका नेपाली कांग्रेसका भ्रातृ संगठनमा रहेका सदस्यहरुलाई पनि उद्धार र राहतको कार्यमा सहयोग गर्न अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।