काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा बोर्ड राखेको छ ।
जनप्रतिनिधि सहित नगर प्रहरीको टोलि पुगेर मारवाडी सेवा समितिको बोर्ड हटाएर धर्मशालामा महानगरले बोर्ड राखेको हो ।
‘काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।