काठमाडौँ । गएको ९ महिनामा मुस्ताङमा एक लाख भन्दा बढि पर्यटकले भ्रमण गरेका छ्न । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयका अनुसार एक लाख पाँच हजार ६ सय ९८ जना विदेशी पर्यटक मुस्ताङ भ्रमण गरेका हुन ।
हाल मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिन्जा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको छ ।