काठमाडौँ । अवरुद्द अरनिको राजमार्ग एक तर्फी खुलेको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुलेको हो ।
आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छ्न ।