झापा । झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर- ७ इँटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको प्र ०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।