काठमाडौँ । प्रहरीले कुलेखानी फाखेल भएर काठमाडौँ जाने सडकअन्तर्गत इन्द्र सरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक बिग्रेकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौँ जाँदा त्रिभुवनराजपथ तथा कान्तिलोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताएकी छ्न ।
प्रहरी निरीक्षक ढकालका अनुसार कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रेकाले स्थानीय प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाडौँतर्फ पठाइएको छ ।
representative Image