काठमाडौँ । विवादित व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्च अदालतले दायर गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गर्न खोजेको रिट अदालतले अस्वीकार गरेको हो ।अदालतको असाधारण क्षेत्राधिकार अन्तर्गत रिट दर्ता गर्न नमिल्ने भन्दै अदालत प्रशासनले दरपिठ गरेको हो ।