काठमाडौँ । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ ।
जिल्ला अदालत कास्कीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद सकिएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो ।
लामिछानेलाई कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। उनी हाल कास्की प्रहरीको हिरासतमा छन ।