काठमाडौँ । विद्युत महसुल बापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणले काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन बापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको जनाएको छ ।
प्राधिकरणले गत असोज २४ गते सूचना जारी गर्दै ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको बक्यौता बुझाउन ताकेता गरेको थियो । उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो ।