काठमाडौँ । काठमाडौँबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक आएपछि जाँच गर्न थालिएको छ ।
बमको सूचनापछि सुरक्षाकर्मीले सबै यात्रुलाई बेग्लै राखेर जाँच गरेका हुन । एआई २१६ उडान नम्बरको उक्त विमानबाट दिल्ली जाने ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन ।