काठमाडौँ । आज सुनको मुल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेर १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।