बारा । विश्व प्रसिद्द बाराको गढिमाई मन्दिरमा करिब १० लाख भेटि संकलन भएको छ । असोज १७ गते घटस्थापनाका दिन देखि शनिबार सम्मको प्राप्त भेटी खोलिएको हो ।
मन्दिरको प्रांगणमा राखिएका ४ वटा दान पेटिकाबाट रु ७ लाख ३५ हजार ३४१ नगद र रसिदमार्फत रु २ लाख ३१ हजार ७२ गरी जम्मा रु ९ लाख ६६ हजार ४१३ संकलन भएको गढिमाई पञ्चवर्षिय मेला व्यवस्थापन मुल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
उक्त दान पेटिबाट भारतिय, अमेरिकी डलर, कतारी र मलेसियन रुपैयाँ समेत भेटिएको मेयर यादवले जानकारी दिए । उनका अनुसार ७ थान सुनका गहना र २६ थान चाँदीका गहना पनि प्राप्त भएको छ ।