२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आफ्नो कुनै पनि प्लेटफर्मको नियम तोड्ने प्रयोगकर्तालाई फेसबुकले ग्रुपको पोस्ट नदेखाउने भएको छ । नियम मिच्नेहरूलाई अन्य समुदायमा पहुँच नदिन यस्तो नीति लिएको फेसबुकले जनाएको छ ।

Vivo Y28

 

गत मार्चमा फेसबुक ग्रुपको लागि नयाँ नियम लागू गर्दै कम्पनीले नियम मिच्नेहरूलाई कुनै पनि ग्रुपमा निश्चित अवधिको लागि पोस्ट र कमेन्ट गर्न नदिनेसम्मको नियम लागू गरेको थियो ।

सोही नियमलाई विस्तार गर्दै फेसबुकले फेसबुकको नीतिविपरीत आफ्नो प्लेटफर्म प्रयोग गर्नेलाई ग्रुपको पोस्टहरू नदेखाउने जनाएको हो ।

 

फेसबुकले ब्लग पोष्टमार्फत ग्रुपका लागि ‘फ्ल्याग्ड बाई फेसबुक’ नामक फिचर पनि सुरु गर्ने जानकारी दिएको छ । यो फिचरले कुनै पनि ग्रुपको एड्मिनलाई कुनै सामग्री फेसबुकको नीति विपरीत भए त्यसको जानकारी दिनेछ ।

 

यस्तो जानकारी पाएपछि ग्रुप एड्मिनले उक्त पोस्ट हटाउन वा उक्त पोस्ट उपयुक्त भए फेसबुकलाई रिभ्युको लागि अनुरोध गर्न सक्नेछन् । यसअघि फेसबुकले आफ्नो नीतिविपरित भएका पोस्टलाई ग्रुपबाट हटाएपछि मात्रै एड्मिनलाई जानकारी दिने गर्थ्यो ।

 

सन् २०२० मा भएको अमेरिकी निर्वाचनपछि फेसबुकले आफ्नो ग्रुपसम्बन्धी नियममा व्यापक परिवर्तन गरिरहेको छ । निर्वाचनको बेलामा फेसबुक ग्रुपमार्फत गलत जानकारी र अफवाह फैलाउने अभ्यास बढेपछि फेसबुकले विश्वभर ग्रुप प्रयोगकर्ताका लागि कडा नियम बनाउन थालेको हो ।सोर्स:- Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।