२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं जिल्लामा आज (मंगलबार) देखि कोरोनाविरुद्ध एस्ट्राजेनेका खोपको दोस्रो मात्रा (डोज) लगाइँदै छ।

काठमाडौं स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका नागरिकलाई आजदेखि दोस्रो मात्रा लगाइने भएको हो। काठमाडौंका आठै नगरमा खोप अभियान सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ।

Vivo Y28

स्वास्थ्य कार्यालयका अनुसार खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रका आधारमा १८ वर्षभन्दा माथि उमेरका सबैलाई आजदेखि दोस्रो मात्रा लगाउन लागिएको हो। खाेप लगाउने क्रममा ३ दिनसम्म जारी रहनेछ।

काठमाडौं महानगरपालिकाभित्रको हकमा भने नेपाल प्रहरी अस्पताल (महाराजगन्ज), वीरेन्द्र सैनिक अस्पताल (छाउनी), वीर अस्पताल (महावौद्ध), परोपकार प्रसूतिगृह अस्पताल (थापाथली) र निजामती कर्मचारी अस्पतालमा पनि खोप लगाउन व्यवस्था गरिएको छ।

वैदेशिक रोजगार तथा भ्रमणमा जानेहरूका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ। source:- Nepalkhabar

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।