काठमाडौं । पर्सामा ९० केजी गाँजासहित दुई जना भारतीय पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट दुई जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका २८ वर्षीय सुनिल भारती रहेका छन् ।
प्रहरीले युपि७०बिके९९५५ नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको ९० के.जी. गाँजासमेत बरामद गरेको छ ।