बारा । बारामा मोटरसाइकलले ठक्कर दिदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको आर्दशकोतवाल गाँउपालिका ५ रुपवलियामा सवारी साधनको ठक्करबाट स्थानीय बिल्टु रामकी तीन वर्षीया छोरी सृष्टी कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिम्रौनगढबाट कोल्हबीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिदा ऊनी घाइते भएकी थिइन ।
घाइते पश्चात् बालिका लाई वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो । त्यहा उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको हो ।