काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । पुर्वप्रधानमन्त्री को मृत्यु केहि बेर अघि भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्वप्रधानमन्त्री को मृत्यु भएको केहि बेरमै ट्विट गर्दै आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाइने बताएका छन्। आबेको निधनमा उनले गहिरो दुस्ख व्यक्त गरेका छन्। आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै मोदीले आबेको निधनले मर्माहत भएको बताए ।
शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको थियो। ६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।