काठमाडौं । सरकारले भोलि शनिवार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।
आज साझ बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मान्ने निर्णय गरेको हो ।
चुनावी सभालाई सम्बोधन गरिहेका बेला शिन्जो माथि गोलि प्रहार भएको थियो । उनको उपचार को क्रममा मृत्यु भएको हो ।