काठमाडौं । नागरिकता विधेयक संसदमा दर्ता भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद को बैठकले बिधेयक दर्ता गर्ने निर्णय गरे संगै संसद सचिवालयमा दर्ता भएको हो ।झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो ।
यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने बाटो खोल्नेछ ।
नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ । नेपालमा फेला परेर तर, बाबु र आमाको ठेगान नभएका नाबालकलाई पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।