काठमाडौं । काठमाडौँ सहित १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुसयता शनिबार सम्म १६ जिल्लाका संक्रमण फैलिएको छ ।
महाशाखाका अनुसार काठमाडौँ, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी र सुर्खेतमा दादुराको संक्रमण फैलिएको हो । यी जिल्लामा हाल सम्म नवजात शिशुदेखि १५ वर्षसम्मका ९५१ बालबालिका संक्रमित भेटिएका छन् ।


महाशाखाको अनुसार काठमाडौँमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ , बाँकेमा ३२९ बालबालिकामा दादुरा पुष्टि भएको छ ।

