
काठमाडौँ, २३ भदौ । भ्रष्टाचार, विशेषाधिकार र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध नयाँ पुस्ता (जेन–जी) ले आन्दोलन सुरु गरेका छन्। सोमबार बिहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक र जनविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले “सञ्चारमाथि रोक बन्द गर”, “भ्रष्टाचार अन्त्य गर”, “हाम्रो आवाज दबाउन पाइँदैन” जस्ता नारासहित प्रदर्शन गरेका छन्।


आन्दोलनमा सक्रिय अधिकांश युवाहरूले यो कदमलाई स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथिको धक्का भनेका छन्। उनीहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।