२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं । विघटन गरिएको प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेस फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीको लाइनमा उभिएको आरोप लागेको छ। कांग्रेसले आफ्नै समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाए पनि, ओलीको स्वेच्छाचारी शैली र जेनजी आन्दोलनको दबाबका कारण सत्ता हातबाट छुटेपछि यसले फेरि ओलीको ‘पुच्छर’ बन्दाे गरेको बुझिन्छ।

जेनजी आन्दोलनको विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता सम्हालेको छ। तर, कांग्रेसले आफूले गुमाएको नेतृत्व पुनःस्थापना गर्ने बहानामा संसद पुनःस्थापनाको मागसहित एमालेकै मार्ग पछ्याएको विश्लेषण गरिएको छ।

ओलीको निर्देशनमा एमाले सांसदहरूले संसद पुनःस्थापनाका लागि हस्ताक्षर संकलन थाल्दा, कांग्रेस सांसदहरूले पनि त्यसै अभियानमा सहभागी भएका छन्। यसपछि कांग्रेस पुनः ओलीकै पछाडि उभिएको टिप्पणी राजनीतिक वृत्तमा उठेको छ।

प्रधानमन्त्री ओलीपछिका सम्भावित प्रधानमन्त्रीका रूपमा रहेका शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा निजी निवासमै जेनजी आन्दोलनकारीबाट कुटिएका थिए। अहिले उनीहरू थप उपचारका लागि सिङ्गापुरमा रहेको बताइएको छ।

राजनीतिक अस्थिरता र सत्ता–कुर्चीका जोडतोडबीच कांग्रेस–एमाले सम्बन्ध, सत्ता समीकरण र सडक आन्दोलनबीचको शक्ति–खिचाइले आगामी दिनमा नेपाल राजनीतिक वातावरण झनै तात्न सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।