भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई अनुगमन गर्न निर्देशन दिइएको छ।



