काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्न खरिद गर्न भारतको मन्त्रिपरिषद् बाट स्वीकृति भएको छ । मन्त्रिपरिषद्ले नेपालसँग भएको बिजुली खरिद सम्झौता स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि भारत भ्रमणको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएकोमा भारतले सम्झौता भएको थियो । त्यस सम्झौतालाई औपचारिक रूप दिएर मन्त्रिपरिषदबाटै पारित गरेको हो ।
भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले पनि भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको उल्लेख गर्दै बिजुलीको क्षेत्रमा नेपालका लागि यो ठूलो उपलब्धि हुने बताएका छन् ।