२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

भन्छन् नि आजकल माया गर्नु नर्मल हो
तर के सधै नर्मल नै राख्ने बिचार छ ??
म तिमीलाई माया गर्छु,
यो कुरा तिमीलाई पनि त थाह छ
तिमीलाई देख्दा सुन्दरता को लिमिट नै यही सम्म हो जस्तो लाग्छ
तिमीलाई पाएको त छैन (x2)
तर पनी तिमी कसैको हुन्छौ कि भनेर डर लाग्छ ।।

मलाई यो पनी थाह छ कि तिमी मेरो कहिलै हुदैनौ भनेर
तर के गर्नु तिमी मुटुमा बसी सकेकी छौ ।
म तिमीलाई भनुम कसरी तिमी मेरो भइसकेकी छौ।।

थाह छैन किन रिसाउँछु तिमीलाई अरु सँग देखेर
धेरै कुरा भन्नुछ तिमीलाई त्यो अध्यारो आकाशमा चमकिला ताराहरुलाई देखेर ।।

तिमीले माया गर या नगर यो तिम्रो मर्जी हो,
माया त मेरो केवल एकतर्फी नै हो ।
अब यसलाई २ तर्फी बनाउने नबनाउने यो तिम्रो मर्जी हो
माया त मेरो केवल एकतर्फी नै हो ।।

मैले मेरो लागी भन्दा तिम्तो लागी बढी समय दिने गर्छ,
तिमी मबाट टाढा भएपनि म सधै तिम्रो नजिक हुने गर्छु।
तिम्रो प्रोफाइल हेरेर नै आफ्नो मन भर्ने गर्छु
थाह छ तिम्रो Reply आउदैन तर last seen त जहिले चेक गर्छु ।।

तिमीले माया गर या नगर मा त सधै गरिरहन्छु
तिम्रो मुस्कान हेरेरनै आफ्नो दिन कटाईरहन्छु।
तिमी मबाट टाढा छौ, तिमीलाई छुन पो सक्दिन
म सँग बोल्ने गरन…..
तिमी पनी मेरो तिमी प्रतिको माया बुझ्ने गरन् ।।

Birthday तिम्रो हुन्छ साथीले पार्टी मसँग माग्ने गर्छन्
सबै साथीहरु तिमीलाई भाउजु मान्ने गर्छन् ।
मेरो माया सुरुनै नभई सकिएको छ
तर अझै पनि मेरो मनले तिमीलाई नै खोजिरहेको छ ।।

तिमीलाई धेरै कुरा भन्नु छ,
तर के तिमी सुन्छौ र ??
म तिमीलाई माया गर्छु,
भनन तिमीले पनि गर्छौ र ??

– राजन यादव
– नेपाल मेगा कलेज, बबरमहल काठमाडौं

( तपाई पनि आफ्नो साहित्यिक रचना,कथा, कविता साथै कुनै पनि लेख प्रकाशन गर्न चाहनुहुन्छ भने हामी लाई dainikmandu@gmail.com मा पठाउन सक्नु हुन्छ । ) सम्पादक 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।