काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला परेका छन ।
गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका हुन । उनको पहिचान हुन सकेको छैन ।
घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।