काठमाडौँ । प्रहरीले मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय बालेश्वर महतो रहेका छन । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
महतोले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर दुई लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ । पीडितको जाहेरीपछि प्रहरीले महतोलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।