काठमाडौँ । आज सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।