काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल सम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार असोज ३० गते सम्म कोषमा उक्त रकम दाखिला भएको हो ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ ।