काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।


क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख, उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन ।

