काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले पहिलो जित हात पारेको छ ।
विआज भएको खेलमा राटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गरेको हो ।


लुम्बिनीले आज आफ्नो पहिलो खेल खेलेको हो भने विराटनगरले लगातार दुई हारपछि पहिलो जित आज निकालेको हो ।

