काठमाडौं । एसीसी महिला यू-१९ एसिया कप अन्तर्गत सुपर ४ को आज भएको खेलमा बंगलादेश संग नेपाल ९ विकेटले पराजित भएको छ ।
मलेसियामा भएको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो ।


५५ रनको लक्ष्य पाएको बंगलादेशले १ विकेट गुमाएर लक्ष्य पुरा गर्दै फाइनलमा प्रवेश गरेको हो ।

