काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्लले इन्टरनेशनल लिग टी-२० खेल्ने भएका छन । उनलाई डेजर्ट भाइपर्सको टिमले अनुबन्ध गरेको हो ।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । उनी चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि मल्ल अनुबन्ध भएका हुन ।


प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरू हुँदैछ ।

