काठमाडौँ। पुस २१ गते देखि हुने जय ट्रफी एलिट कप क्रिकेटको लागी नेपाल पुलिस क्लबले टोलीको घोषणा गरेको छ ।
पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी–२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन ।


नेपाल पुलिस क्लब टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद, दिपक सरेला

