काठमाडौं । प्रधानमन्त्री कप टी२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आइतबार बिन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप टी२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै छ ।


टोलिमा मञ्जु विष्ट, रितु कनौजिया, मनिसा बोहरा, कविता कुवँर, रविना धामी, शोभा रोकाया, आशिका महरा, करिष्मा थापा, मनिषा खत्री, जानकी थापा, रविना साउद, रेवती धामी, चेतना कुँवर रहेका छन ।

