काठमाडौँ । जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बिच हुने भएको छ ।
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै पुलिसले बागमतीलाई ५ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।


जय ट्रफी एलिट कप क्रिकेटको फाइनल खेल पर्सि हुनेछ ।

