२०८३ बैशाख ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं, १० असार ।राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डेङ्गी रोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बैठकमा पौडेलले स्वास्थ्य सेवा विभागका अनुसार २०८१ पुस १८ देखि हालसम्म एक हजार चार सय तीन जना डेङ्गी संक्रमित भएका तथ्याङ्क प्रस्तुत गर्दै महामारीको सम्भावनालाई समय हुँदै नियन्त्रण गर्न माग गरेका हुन्।

सांसद् पौडेलले हरेक दिन एक दुई जना डेङ्गी संक्रमित उपचारका लागि आउने गरेको र संक्रमण ७३ जिल्लामा फैलिसकेको जानकारी गराए। ‘२०८० मा देशभर झण्डै ५२ हजार भन्दा बढी डेङ्गी संक्रमण पुष्टि भइ २० जनाको मृत्यु समेत भएको थियो। २०७६।७७ मा महामारीकै रूप लिएको स्मरण गराउँदै पुनः महामारीको रुप लिन सक्ने सम्भावनालाई ध्यानमा राख्न माग गर्दछु,’ उनले भने।

सांसद् पौडेलले तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लब लगायत आम नागरिक समेतको सहभागितामा डेङ्गी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन, जनस्वास्थ्य विभागद्वारा निगरानी र रोकथामका कार्यक्रम तीव्र बनाउन तथा संक्रमितलाई सहज र सरल रुपले उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

पौडेलले जलविद्युतमा दुईतिहाइभन्दा बढी निजी क्षेत्रको योगदान रहेको तथ्य प्रस्तुत गरेका छन्। ‘तर बजेटको बुँदा नम्बर २२७ मा उल्लेखित ‘रन अफ रिगर’ आयोजनाको ‘टेक एन्ड पे’ अवधारणा अनुरुप विद्युत खरीद सम्झौता गरिने प्रावधानले निजी क्षेत्रलाई निकै हतोत्साहित बनाएको छ । तसर्थ, तत्कालै सुधार्न माग गर्दछु,’ उनले भने।

उनले बहुदलीय व्यवस्था स्थापना हुनुभन्दा अगाडि करिब २७० मेगावाट मात्र विद्युत उत्पादन भएको स्मरण गरे। ‘तर, नेपाली कांग्रेसको उदार आर्थिक नीतिअनुसार तत्कालीन जलस्रोतमन्त्री शैलजा आचार्यको पालामा निजी क्षेत्रलाई गरिएको प्रोत्साहनले अहिले दिनमा तीन हजार ६०२ मेगावाट विद्युत उत्पादन भएको छ ।

त्यसैले टेक एन्ड पे अवधारणा लागु गर्नुहुँदैन,’ उनले भने। राष्ट्रियसभाको जेठ २३ गतेको बैठकमै सांसद् पौडेलले जलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणा हटाउन माग गर्दै सरकार र अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।