उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। विशेषगरी मधेशदेखि कर्णालीसम्मका जिल्लाहरूमा निरन्तर पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी हावाको प्रभावले वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेको बादलले अझै केही दिन पानी झार्ने अनुमान छ।


आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागमा, साथै लुम्बिनीको तराईमा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
यो क्रम कम्तीमा आश्विन २० गतेसम्म जारी रहने मौसमविद्हरूको अनुमान छ।

